शनिबारबाट एघारौँ अनसन सुरु गर्ने डा. केसीको घोषणा

0
Shares

काठमाडौँ, १८  जेठ  ।  सरकारले आफूसंगको सम्झौता विपरीत झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्वन्धन दिने प्रक्रिया अघि बढाएको भन्दै डा गोविन्द केसीले आपत्ती जनाएका छन् ।

उनले सम्वन्धन दिने प्रक्रिया सम्वन्धी बुधबारको मन्त्रिपरिषद बैठकले गरेको निर्णय शुक्रबारसम्म फिर्ता नलिए शनिबार (२० जेठ) बाट आमरण अनसन बस्ने बताएका छन् ।

सरकारको आश्वासन पछि दाङमा सुरु गर्नै लागेको एघारौँ अनसन छाडेर हिजो काठमाडौँ आईपुगेका डा केसीले आज पुन अनसन बस्ने घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री प्रचण्डले माफियासंग मिलेर गैरजिम्मेबारी निर्णय गराएका छन् । यो षड्यन्त्र लागू हुन हुँदैन मैले भोलिसम्म यो निर्णय फिर्ताका लागि समय दिएको छु । भएन भने पर्सीबाट अनसन सुरु हुन्छ ‘ केसीले भने ।

यसअघि दाङमा अनसन बस्ने भन्दै गएका डा केसीले पर्सीदेखिको अनसन कहाँ गर्ने भन्ने बारेमा भने केही भनेका छैनन् । ‘त्यसको टुंगो भोली लागिहाल्छ,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *