हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा

340
Shares

नुवाकोट, ११ जेठ । हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।

औषधि सेवनबाट उपचार सम्भव नभएको हाइड्रोसिल बिरामीका लागि आजदेखि सुरु भएको सेवा असार मसान्तसम्म जारी रहने जिल्ला अस्पताल त्रिशूलीका मेडिकल अधिकृत डा राजेन्द्र लामाले जानकारी दिए । हाइड्रोसिल रोगबाट पीडित शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जिल्ला अस्पालमा नै निःशुल्क सेवा उपलब्ध गराएकाले यसबाट लाभ लिन सबैमा उनले आग्रह गए ।

हाइड्रोसिल दुई प्रकारका (जन्मजात र पछि देखापर्ने) बिरामी हुने भए पनि अस्पतालले पछि देखापरेको हाइड्रोसिलका बिरामीलाई लक्षित गरी सेवा दिन लागेको जनाएको छ । समयमै उपचार भएमा हाइड्रोसिल रोग पूर्ण निको हुने भएकाले निःशुल्क उपलब्ध गराइएको सेवामा जिल्लामा रहेका बिरामी सबै समेटिने विश्वास लिएको अस्पताल विकास समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताए ।

जिल्ला अस्पताल त्रिशूलीले अहिले महिलाको पाठेघर ९आङ० खस्ने रोगको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । अर्को महिनादेखि नवजात शिशु ९जन्मेको २८ दिनभित्र०को समेत उपचार सेवा सञ्चालनमा ल्याउने जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *