विश्व स्वास्थ्य संगठनको ठूलो रकम भ्रमण खर्चमै झ्वाम् ?

लण्डन ८ जेठ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले विभिन्न मुलुकमा स्वास्थ्य संकट सघाउन खर्च हुने भन्दा कैयौँ गुना बढी रकम भ्रमण खर्चमा सिध्याएको खुलासा भएको छ ।

डव्लुएचओले बार्षिक रुपमा दुई अर्व अमेरिकी डरल आफ्ना प्रतिनिधीलाई विभिन्न देशमा पठाउँदा खर्च हुने गरेको र यो रकम विश्वमा केही जटिल स्वास्थ्य समस्यामध्ये एड्स, क्षयरोग वा मलेरियाका लागि खर्चिने रकमको तुलनामा धेरै नै ठूलो राशी भएको भएको जनाइएको छ ।

विश्व समुदायसँग स्वास्थ्य सङ्कटलाई टार्न थप धनराशिको माग गरिरहेको राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले आफ्नै यातायात खर्चलाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको यस विषयमा एपीले प्राप्त गरेको कागजातमा जनाइएको छ ।

गतवर्ष डव्लुएचओले एड्स र हेपाटाईटिस नियन्त्रण प्रयासका लागि क्रमश ७१ करोड अमेरिकी डलर र ६१ करोड अमेरिकी डलर तथा मलेरिया र क्षयरोग नियन्त्रणका लागि ५९ करोड अमेरिक डलर मात्रै खर्च गरेकोथियो ।

गत वर्ष उक्त संस्थाले केही स्वास्थ्य कार्यक्रमलाई वैकल्पिक बजेटको जोहो गर्न बाध्य रहेको थियो । रासस/एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *