चारवटा केन्द्रीय अस्पतालमा ‘फाईब्रोस्क्यान’ मेसिन ल्याईदै

काठमाडौँ, ४ जेठ । सरकारले चारवटा केन्द्रीय अस्पतालका लागि कलेजो रोगको उपचारमा महत्वपूर्ण मानिने फाईब्रोस्क्यान मेसिन खरीद गर्ने तयारी थालेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरका लागि मेसिन खरीद गर्ने तयारी थालेको हो ।

आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले चारवटा मेसिनको स्पेसिफिकेसन बनाई टेन्डर प्रक्रियामा जान लागेको बताए ।

अहिलेसम्म कुनै पनि सरकारी अस्तपालमा कलेजो रोगको उपचारमा महत्वपूर्ण मानिने अत्याधुनिक फाइब्रोस्क्यान मेसिन नभएको भन्दै सरकारले खरीद योजना अघि बढाएको उनले बताए ।

मेसिन खरीदका लागि आवश्यक बजेट रहेको भन्दै खरीद प्रक्रियामा केही समय लाग्न सक्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *