लुम्बिनी अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव

रुपन्देही, ४ जेठ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कालाजारको औषधि अभाव भएको छ । गत वैशाख २९ गतेदेखि अस्पतालमा कालाजारको औषधि अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ ।

अस्पतालले औषधि अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराए पनि अझैसम्म नपठाउँदा बिरामीको उपचारमा समस्या भएको हो । प्यूठान जिल्लाको तिराम गाउँपालिका–५ बस्ने २१ वर्षीय गिरीसरा पुनको औषधि अभावमा उपचारमा समस्या भएको अस्पताल प्रवक्ता लक्ष्मीराज रेग्मीले बताए ।

अस्पतालका अनुसार पुन जेठ १ गतेदेखि अञ्चल अस्पतालको बेड नम्बर १३५ मा रहेकी छन् । कालाजारको औषधि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लुम्बिनी अञ्चल अस्पतालमा नपाउँदा बिरामीलाई उपचारमा ढिलाइ भएको हो ।

उक्त औषधि बजारमा किन्न नपाइने हुनाले महाशाखाको भर पर्नुपर्ने बाध्यता बिरामीलाई रहेको छ । लुम्बिनी अञ्चल अस्पतालमा वैशाख २९ गते पाल्पाका ताराबहादुर पचभैयालाई कालाजारको उपचार गर्दागर्दै औषधि सकिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *