‘ब्रेनडेथ’ भएका व्यक्तिबाट झिकेको मिर्गौलाले यी दुईलाई दियो नयाँ जीवन

मिर्गौला प्रत्यारोपितहरु बायाँबाट क्रमश : १५ बर्षीय मिलन श्रेष्ठ र ५१ बर्षीय गोविन्द तिमल्सिना

काठमाडौँ, ३ जेठ । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले मस्तिस्क मृत्यु( ब्रेन डेथ) भएको व्यक्तिबाट झिकिएको मिर्गौला प्रत्यारोपण गरेका दुई व्यक्तिलाई सार्वजनिक गरेको छ । प्रत्यारोपण गराइएका ती दुई व्यक्तिहरुमा काठमाडाँै लाजिम्पाटका १५ बर्षीय मिलन श्रेष्ठ र सुनसरीका ५१ बर्षीय गोविन्दप्रसाद तिमल्सिना रहेका छन् ।

उनीहरुमा गत बुधबार सडक दुर्घटनामा परी गम्भीर घाईते भई अर्को दिन ब्रेन डेथमा पुगेका खाङसाङ ८ सिन्धुलीका ३० बर्षीय गोविन्द भुजेलको मिर्गौला प्रत्यारोपण गरिएको थियो । केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले ब्रेन डेथ भएको व्यक्तिको मिर्गौला प्रत्यारोपित दुबैको स्वास्थ्य सामान्यउन्मुख हुँदै गएको बताए ।

गत बुधबार सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका भुजेलको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारका क्रममा विहीबार ब्रेन डेथ भएको थियो । ब्रेन डेथ भएपछि परिवारको सहमतिमा केन्द्रबाट खटिएको चिकित्सकको टोलीले उनको दुवै मिर्गौला झिकेर तत्काल दुई व्यक्तिमा मिर्गौला प्रत्यारोपण गरेको हो ।


केन्द्रमा आज भएको विशेष पत्रकार सम्मेलनमा उपस्थित भएका मिर्गौला प्रत्यारोपित १५ बर्षीय बालक मिलनले ब्रेनडेथ भएको अवस्थामा अंग झिक्न दिने भुजेल परिवारको मुक्त कन्ठले प्रशंशा गरे । उनले आफू भुजेलको मिर्गौला पाएर नयाँ जीवन पाएको बताए । ‘मिर्गौला फेल भएपछि म दुई वर्ष देखि डायलासिस गर्दै आएको थिएँ । तर यति सानो उमेरमा यति गम्भीर समस्यामा परेको थिएँ । जुन कुरा म अहिले व्यक्त गर्न असमर्थ छु । तर यहाँका डाक्टरसावहरुले छ दिन अघि अपरझट बोलाउनु भयो र प्रत्यारोपण गरिदिनुभयो र त्यो सफल भयो । मेरोलागि यो भन्दा ठूलो कुरा केही हुन सक्दैन,’ उनले भने।

उता दुई देखि नै मिर्गौला फेल भई डायलासिस गराउँदै आएका सुनसरीका ५१ बर्षीया गोविन्दप्रसाद तिमिल्सीना पनि दंग देखिन्थे । ‘यति छिटो मिर्गौला पाइएला भन्ने कल्पना गरेको थिईँन । तर पाए । मिर्गौला पाउनु मेरो लागि नयाँ जीवन पाउनु हो,’ उनले भावुक हुँदै भने । उनले  दुर्घटनाका बीच मस्तिस्क मृत्यु भएपछि आफ्नो परिवारको सदस्यको अंग दिन मंजुरी जनाउने भुजेल परिवारप्रति आफ्नो धेरै नै श्रद्धा आदर रहेको बताए ।

केन्द्रका निर्देशक डा श्रेष्ठले ब्रेन डेथ भएका विरामीबाट झिकिएको अंग २४ घण्टासम्म स्टोर गर्न मिल्ने भएपनि आफूहरुले एकछिन ढिला नगरी प्रत्यारोपण गरेको बताए । ‘हामी त्यो दिन रातभर जागा रहेरै अप्रेसन सम्पन्न गरयौँ । किनकी जति ढिलो हुन्थ्यो विग्रने सम्भावना पनि उतिनै कमी हुँदै जान्थ्यो,’ उनले भने ।

कानून आईसकेपछि विभिन्न ५ वटा अस्पतालबाट ब्रेन डेथ भएका व्यक्तिको अंग झिक्नका लागि यसअघि नै खबर आएपनि आफूहरु यसपटक मात्रै सफल हुनसकेको डा श्रेष्ठले बताए ।

केन्द्रलाई इन्स्टीच्युटको रुपमा विकास गरौँ : मन्त्री थापा
यसैबीच विशेष पत्रकार सम्मेलनमा पुगेका स्वास्थ्य मन्त्री गगन थापाले मानवअंग प्रत्यारोपण केन्द्रलाई विशेषज्ञ उत्पादन गर्ने थलोको रुपमासमेत विकास गर्नुपर्ने बताएका छन् । उनले तत्काल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्ससंग मिर्गौला रोग विशेषज्ञको अध्ययन गराउनुपर्ने धारणा राखे ।

केन्द्रको अहिलेको सेवा देखि आफू अत्यन्तै प्रभावित भएको भन्दै उनले त्यसलाई टिकाई राख्न जनशक्तिको आवश्यकता पर्ने भन्दै इन्स्टीच्युटको रुपमा विकास गर्न राम्रो हुने उनले बताए । सो क्रममा मन्त्री थापाले अंगदान सम्वन्धी कानून आईसकेपछि पहिलो केस गर्न सफल डा श्रेष्ठ र टीमलाई विशेष धन्यवाद दिए ।

स्क्रिनिङमा विशेष फोकस आवश्यक : समिति सभापति झा
महिला बालबालिका जेष्टनागरिक तथा समाजकल्याण समितिका सभापति रन्जु झाले मिर्गौला फेल हुन नदिन नियमित रुपमा मिगौला परीक्षण गराउनुपर्ने बताइन् । उनले यो कार्यक्रम सरकारले गाँउसम्म फैलाउन अनिवार्य भएको बताइन ।

‘जसरी हुन्छ यो रोग लागेर उपचारमा खर्च गर्नुको साटो लाग्नै नदिनका लागि पहल गरौँ स्क्रनिङको कार्यक्रम गाँउ गाँउमा लैजाउँ । यसले धेरैको मिर्गौला फेलहुनबाट बच्न सक्छ ,’उनले बताइन ।

उनले मिर्गौलामा रोगको उपचारमा डा पुकारको टोलीले उत्कृष्ठ कार्य गरेको भन्दै बधाई दिइन् । उनले डा पुकारले बुझाएर नै आफूले यो कानूनलाई प्राथमिकताका साथ बनाउनुपर्छ भन्ने कुरा महसुस गरेको बताइन ।

कार्यक्रममा पूर्वमन्त्री महेन्द्र पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव कोमलशाली घिमिरे, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “‘ब्रेनडेथ’ भएका व्यक्तिबाट झिकेको मिर्गौलाले यी दुईलाई दियो नयाँ जीवन

  1. Good news to hear!! And, wish for the further improvement of that centre.
    And i have got same problem too !!
    This is a case of 18 yrs old male boy Mr. Khilraj Karki from rural area of jhapa district whose parents are economically weak and had both kidney failure and still undergoing dialysis twice a week. He is admitted in TU-TH Maharajgunj and doctors had informed him that transplantation is urgernt. But due to financial crisis they were not unable to do so. According to informant, doctors had told them to manage around 5 lakhs as a deposite. Without that deposite amount operation cannot be started.
    Donor for that patient is his mother but for post operative management still they cannot manage that amount and operation is in hold.
    Can HRDC help that patient with huge discount in post operative management too??
    Can any institute help that child for transplantation in TU-TH??
    Appealing for the help of that child.
    Hoping for the best and i wish i will get response sooner from higher center too.
    And i request to the media person that please evaluate the case of that child and do as much help as you can from your side also.
    Contact num of patient father: 9806090370
    Thanking you !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *