संसद बैठकमै महिला सांसदले स्तनपान गराएपछि…

0
Shares

एजेन्सी, १ जेठ । अष्ट्रेलियाकी एक महिला सांसदले संसद चलिरहेकै बेला आफ्नो दुई महिनाको छोरीलाई स्तनपान गराएकी छन् ।

सुत्केरी विदा पछि गत मंगलबार छोरीलाई लिएर दोस्रो पटक संसद बैठकमा भाग लिन पुगेकी ग्रिन पार्टीका सांसद लारिसा वार्टसले बैठक चलिरहेकै बेला स्तनपान गराएकी हुन् ।

उनले संसद भित्रै स्तनपान गराएको फोटो अहिले सामाजिक संजालमा भाईरल बनेको छ । र अधिकांशले उनको कामको प्रशंसा गरेका छन् ।

ग्रिन पार्टीकी तर्फबाट संसदको उप नेता समेत भएकी लारिसाले छोरीलाई भोक लागेपछि ढिला नगरी स्तनपान गराएको बताएकी छन् ।

स्तनपान पछि ट्वीट गर्दै वाटर्सले भनिन, ‘मलाई यो कुरामा गर्व छ कि मेरी छोरी आलिया संघीय संसद चलिरहेका बेला स्तनपान गर्न पाउने अष्टे«लियाकै पहिलो बच्चा बन्न पुगिन । हामीलाई संसद र महिलाहरुको आवश्यकता छ ।’

क्चीसल्याण्ड सिनेटर लारिसा वाटर्सले दुई महिना अघि छोरी जन्माएकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *