संसद बैठकमै महिला सांसदले स्तनपान गराएपछि…

एजेन्सी, १ जेठ । अष्ट्रेलियाकी एक महिला सांसदले संसद चलिरहेकै बेला आफ्नो दुई महिनाको छोरीलाई स्तनपान गराएकी छन् ।

सुत्केरी विदा पछि गत मंगलबार छोरीलाई लिएर दोस्रो पटक संसद बैठकमा भाग लिन पुगेकी ग्रिन पार्टीका सांसद लारिसा वार्टसले बैठक चलिरहेकै बेला स्तनपान गराएकी हुन् ।

उनले संसद भित्रै स्तनपान गराएको फोटो अहिले सामाजिक संजालमा भाईरल बनेको छ । र अधिकांशले उनको कामको प्रशंसा गरेका छन् ।

ग्रिन पार्टीकी तर्फबाट संसदको उप नेता समेत भएकी लारिसाले छोरीलाई भोक लागेपछि ढिला नगरी स्तनपान गराएको बताएकी छन् ।

स्तनपान पछि ट्वीट गर्दै वाटर्सले भनिन, ‘मलाई यो कुरामा गर्व छ कि मेरी छोरी आलिया संघीय संसद चलिरहेका बेला स्तनपान गर्न पाउने अष्टे«लियाकै पहिलो बच्चा बन्न पुगिन । हामीलाई संसद र महिलाहरुको आवश्यकता छ ।’

क्चीसल्याण्ड सिनेटर लारिसा वाटर्सले दुई महिना अघि छोरी जन्माएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *