ककनीमा ११५ बर्षीया बृद्धाद्धारा मतदान

0
Shares

नुवाकोट, ३१ वैशाख । ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नु भएको छ । उहाँले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्नु भएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिए ।

विसं १९५९ चैत १० गते मा जन्मनु भएकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताउनुभयो । यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले पनि मतदान गर्नु भएको छ ।

उहाँले महादेव मावि मतदानमा आज विहानै भोट हालि मतदान कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *