स्वास्थ्य मन्त्रीको ‘ट्वीट’प्रति औषधि आयातकर्ता संघको आपत्ति

काठमाडौँ, २८ बैशाख । स्वास्थ्य मन्त्री गगन थापाले आयातित औषधिको सन्दर्भमा गरेको ट्वीटप्रति औषधि आयातकर्ता संघले आपत्ति जनाएको छ । उसले मन्त्री थापाको ट्वीट संस्तो लोकप्रियताका गरिएको भन्दै बास्तविकता त्यस्तो नभएको समेत दावी गरेको छ ।

मन्त्री थापाले गत मंगलबार आयातित औषधिमा २ हजार २ प्रतिशत नाफा राख्ने राखेर विक्री भईरहेको भन्ने आसयमा ट्वीट गरेका थिए । बिहीबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा संघका अध्यक्ष अन्जन पुडासैनीले मन्त्री थापालाई आफ्नो भनाई पुष्टि गरेर देखाउन चुनौती समेत दिए ।

आयत गरिएका कतिपय औषधिहरुमा ४ सय देखि २ हजार २ प्रतिशतसम्म मुनाफा राखिएको भन्दै मन्त्री थापाले गत मंगलबारको मन्त्रिपरिषद् बैठकमा फाईल पेश गरि नियमनका लागि समिति नै गठन भईसकेको ट्वीट मार्फत जानकारी दिएका थिए । त्यसको तीन दिन पछि आयातकर्तासंघले पत्रकार सम्मेलन गरि मन्त्रीको भनाईको खण्डन गरेको हो ।

‘खासमा मन्त्री ज्यूले हाम्रो पेशा व्यावसायलाई नै कुप्रचार गरि वदनाम गराउने कुचेष्ठा गर्नु भयो । संघका अध्यक्ष अन्जन पुडासैनीले भने, हामी सार्वजनिक रुपमा बहस गर्न तयार छौँ, कुन औषधिमा रहेछ २ हजार २ सय प्रतिशत ?’पुडासैनीले भने । उनले आफूहरुले २० प्रतिशत भन्दा बढी नाफा नराखिएको दावी गरे ।

आफूहरु नेपालमा गुणस्तरीय औषधि सुलभदरमा ल्याएर जनतालाई सहज सेवा दिन चाही रहेको भन्दै मन्त्रीसंग मन्त्री र मन्त्रालयका जिम्मेबार अधिकारीहरुले आफूहरुको कुरा नसुनेको आरोप लगाए ।

नेपालमा उत्पादित औषधिको मुल्य भन्दा आयातित औषधिको मुल्य कम नै हुने भन्दै त्यसका लागि कार्यदल गठन गर्न उनीहरुले माग गरेका छन् ।तर कतिपय औषधिमा आत्मनिर्भर रहेको भन्दै आयातित औषधिमा रोक लगाउने निर्णय प्रति आफूहरुको आपत्ती रहेको संघका महासचिव पवन आचार्यले बताए ।

संघका सदस्य पृथ्वीराज बैद्यले नेपालका उद्योगबाट भन्दा बाहिरबाट नै सर्वसुलभ दरमा गुणस्तरीय औषधि आयात भईरहेको र न्युनतम दरमा औषधिको मूल्य राखिएको दावी गर्दै व्यावसायलाई धरापमा पार्ने गरी अभिव्यक्ति नदिन अनुरोध गरे ।

संघले आयातित औषधिको प्रक्रियालाई अनावश्यक रुपमा कडाई गरेको भन्दै चार बुँदे माग सहित आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

ती मागहरु यसप्रकार छन्

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *