साइराम डेन्टलकेयर चितवन विश्वकै उत्कृष्ट सातभित्र

चितवन, २७ वैशाख । चितवन र छिमेकी जिल्लाका २५ हजारभन्दा बढीको निःशुल्क रुपमा दन्तपरीक्षण गराएको यहाँका साइराम डेन्टलकेयर विश्वकै उत्कृष्ट सातभित्र पर्न सफल भएको छ ।
साइराम डेन्टलकेयर ‘हम्बल’ क्लिनिकबाट पुरस्कृत भएको हो । एसियाकै पहिलो संस्थाको रुपमा आफ्नो संस्थाले पुरस्कार पाएको संस्थाका सञ्चालक डा अजय न्यौपानेले बताए ।
न्यौपाने र डा सरु थापा क्लिनिकसँगै निःशुल्क शिविर लिएर गाउँगाउँ जाने गर्छन् । यो दम्पत्तीले सञ्चालन गरेको क्लिनिकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा, सामाजिक क्षेत्रमा सक्रियता र वातावरणमैत्री काम गरेकाले पुरस्कृत हुनसफल भएको हो ।
हम्बल स्माइल फाउन्डेसनद्वारा उपलब्ध गराउने यस पुरस्कारबाट आफ्नो संस्था पुरस्कृत हुँदा निकै गौरव महसुस भएको डा न्यौपानेले बताए ।
दन्त उपचार गर्दा दक्ष दन्त चिकित्सकबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरीय औजार र दन्त सामग्रीको प्रयोग हुनुपर्छ । ‘हामीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका छौँं, साइराम डेन्टल केयरकी सञ्चालिका डा सरु थापाले भनिन्, “गुणस्तरीय सेवाका कारण हामी संसारकै उत्कृष्ट सातभित्र अट्न सफल भयौ ।”
पुरस्कार प्रदान गर्ने संस्थाले केही वर्षदेखि नै साइराम डेन्टल केयरको गतिविधि अनुगमन गरेको थियो । फाउन्डेसनको अध्ययनअनुसार साइराम डेन्टलले क्लिनिकल्ली अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले उक्त सम्मान पाएको हो । साथै समुदायमा गई गरिने दन्तशिविर, जनचेतनामूलक कार्यक्रम गरेको हुनुपर्छ । क्लिनिकको स्थापना सन् २००४ मा भएको हो ।
उत्कृष्ट सात क्लिनिकभित्र भिक्टोरिया डेन्टल युके, म्याक्स ३६ जर्मन, एलेक्जेन्डर अर्थोडन्टिस अमेरिका, वेल क्लिनिक ब्राजिल, डिएफवाइ डेन्टल अष्टे«ेलिया रहेका छन् । गत हप्ता साइराम सम्मानित भएको हो । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



