लुम्बिनी अञ्चल अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

0
Shares

बुटवल, २५ वैशाख । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।

उक्त सङ्कट व्यवस्थापन केन्द्रबाट यस क्षेत्रका १३ जिल्लाका हिंसापींडितको स्वास्थ्य उपचार गरिनेछ । विभिन्न प्रकारका हिंसाबाट पींडितको कानुनी प्रक्रिया पु¥याएर स्वास्थ्य सेवा दिइने लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र सञ्जेल क्षेत्रीले जानकारी गराए ।

सङ्कट व्यवस्थापन केन्द्रबाट उपचार सेवाका लागि अहिलेलाई दुईवटा श्ययाबाट सेवा शुभारम्भ गरिएको र मागअनुसार श्यया सङ्ख्या पछि थप गर्न सकिने अस्पतालले जनाएको छ । हिंसामा परेका व्यक्तिलाई केन्द्रबाट परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना गरिने बताइएको छ । स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण, संरक्षण, मानसिक एवम् मनोवैज्ञानिक परामर्श दिइनेछ ।

जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको एक कार्यक्रमको आयोजना गरी अस्पतालले लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापनाबारे जानकारी गराएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *