किशोरी बलात्कारको आरोपमा एमबीबीएसका विद्यार्थी पक्राउ

 

पाल्पा, २३ बैशाख । सत्र बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । लुम्विनी मेडिकल कलेज पाल्पामा अध्ययनरत २१ बर्षीय सरोज अधिकारी एक सता अघि पक्राउ परेका हुन् ।

उनी एमबीबीएस अन्तिम बर्षका विद्यार्थी हुन् ।बारुदखानस्थित आफ्नो घर नजिकै डेरागरि बस्ने युवतीलाई विहानको समयमा बलात्कार गरेको पिडीतको आरोप छ ।

अस्पतालको रिपोर्टमा समेत बलात्कार गरेको पुष्टि भएपछि प्रहरीले कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश पण्डीतले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *