‘ब्लड ग्रुप’ले पनि संकेत गर्छ हृदयघातको जोखिम : अध्ययन्

लण्डन २१ बैशाख । हृदयघातको सम्भावना कति छ भन्ने कुरा तपाईँको रक्तसमूहले समेत जानकारी दिनेछ । हालै गरिएको एक अनुसन्धानले ओ व्लड ग्रुपवाला व्यक्तिको तुलनामा ए, बी, एबी ब्लड ग्रुपवाला व्यक्तिमा हृदयघात हुने सम्भावना ९ प्रतिशत बढी हुने गरेको देखाएको हो ।

ओ व्लड ग्रुपबाहेकका अन्य व्लड ग्रुपवाला व्यक्तिमा वान विलेबे्रण्ड तत्वको मात्रा बढी हुनाले हृदयघातको खतरा बढी हुने देखिएको हो । विलेब्रेण्ड तत्व रगतको क्लट जमाउनेवाला प्रोटिन हो जो थ्रोम्बोटिक प्रक्रियामा जोडिएको हुन्छ ।

अनुसन्धानबाट ए व्लड ग्रुपवाला व्यक्तिमा बढी मात्रामा कोलेस्टेरोल देखिने गरेको पाइएको छ । जो हृदयघात बढाउने प्रमुख कारक समेत हो । सोधकर्ताहरुले भनेका छन् कि ओ बाहेक अन्य व्लड ग्रुपवाला व्यक्तिमा ग्यालेक्टिन ३ को मात्रा उच्च हुन्छ जसले शरीरमा प्रोटिनको मात्रा बढाउने , मुटुरोगी माथि नराम्रो प्रभाव पार्छ ।

नेदरल्याण्डको मेडिकल सेन्टर ग्रोनिगन विश्वविद्यालयका विद्यार्थी तथा प्रमुख सोधकर्ता तिसा कोले भन्छन, यो अनुसन्धानले ओ व्लडग्रुपवाला व्यक्तिमा हृदयघात तथा मुटुरोग हुने सम्भावना ९ प्रतिशत बढी भएको पाइयो ।

उनले यो अनुसन्धानका लागि टोलीले ओ व्लड ग्रुप बाहेकका व्यक्तिहरुको मेटा एनालाइसिस गरेका गरेको बताए । कोले भन्छन्, ‘सो क्रममा हामीले मायोकार्डियल इन्फेक्स्न ( हृदयघात) कोरोनरी धमनी रोग, हार्ट फेल, कार्डियोभास्कुलरबाट मृत्युभएकाहरुको अध्ययन गरेका थियौँ ।’ –  एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *