आयुर्वेद कलेजको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्राविधिक शिक्षाको विकासको महत्वपूर्ण आधार तयार पार्न सरकारले केही नीतिगत र कानुनी आधार तयार पारेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज महेन्द्रनगरको सर्वदलीय टोलीले बुझाएको त्रापनपत्र बुझ्दै उनले महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न आफूले विशेष पहल गर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित प्रधानमन्त्रीलाई भेट्न आएको सर्वदलीय टोलीले महेन्द्रनगरमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा ८ दशमलव ५ बिघा जमिन रहेको, उक्त जमिनमा आयुर्वेद कलेज स्थापना गर्न जिल्लाका सबै दल, सामाजिक सङ्घ संस्था सहमत भएको प्रधानमन्त्रीलाई जानकारी गराए ।

सो टोलीले संस्कृत विश्वविद्यालयले समेत आफ्नो आङ्गिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार भएकाले आगामी बजेटमा कलेज सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

ज्ञापनपत्र बुभ्mदै प्रधानमन्त्रीले भने, ‘‘प्राविधिक शिक्षा हाम्रो विकासको महत्वपूर्ण आधार हो, हाम्रा बहुमूल्य जडीबुटी सस्तो मूल्यमा विदेशी बजारमा गइरहेका छन्, तिनीहरुको नेपालमै प्रशोधन र औषधि उत्पादन गर्नैपर्छ ।’’

देशैभरी आयुर्वेद कलेज स्थापना गर्न जरुरी रहेको र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आयुर्वेद कलेजको स्थापना गर्न आफ्नो तर्फबाट पहल गरिने उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *