पूर्णखोप पाएका ३९ जना बालबालिका सम्मानित
पोखरा, १९ बैशाख । पूर्ण खोप लगाएका २९ जना बालबालिका तथा नियमित बृद्धि अनुगमन गर्ने १० बालबालिकालाई सम्मान गरिएको छ । राष्ट्रिय खोप महिनाको अवसरमा साविकको पुरन्चौर गाविसस्थित तल्लाकोट स्वास्थ्य चौकीले पूर्ण खोप लगाएका बालबालिकालाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेका जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशकुमार चापागाईले बालबलिकहरुलाई पाल्पाली करुवा प्रदान गर्नुका साथै खादा लगाई दिएर सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै पूर्ण खोपदिगो पनाका लागि यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । जिल्ला जनस्वास्थ्य अधिकृत नानीबाबु ढकाल, खोप अधिकृत एक नारायण लम्सालले क्रमशः बृद्धि अनुगमन, नाभी मलमको महत्व तथा खोप कार्यक्रम र पूर्णखोपको महत्वको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको आयोजक संस्था तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम दाहालले प्रतिवेदन पेश गर्दै कार्यक्रमको महत्वबारे उल्लेख गरेका थिए ।
कार्यक्रममा शिक्षक विष्णु प्रसाद गौतम, महिला स्वास्थ्य स्वयं सेविका पार्वती बास्तोला, आमाहरुको तर्फबाट शुशीला अधिकारी लगायत पूर्ण खोप कार्यक्रमको सफलताको कामना गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य चौकीका सि.अ.हे.व श्याम सुन्दर आचार्यले सहभागीहरुलाई स्वागत गरेका थिए भने अ.हे.व. गोविन्द प्रसाद आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरु, आमा समुहका सदस्यहरु तथा बालबालिकाका अभिभावकहरुको उलेख्य उपस्थिति रहेको थियो ।