‘विपन्न सहुलियत लिनका लागि स्वास्थ्य बिमा अनिवार्य’

काठमाडौँ, १७ बैशाख । स्वास्थ्य मन्त्री गगन थापाले अब स्वास्थ्य विमा गराएका व्यक्तिले मात्रै विपन्न उपचार कोषबाट सहुलियत पाउने बताएका छन् । उनले यो व्यवस्था विमा सुरु भएका जिल्लाबाट सुरु गर्ने तयारी भएको जानकारी दिएका छन् ।

ललितपुरमा आजदेखि सुरु भएको नेशनल क्यान्सर ट्रिटमेन्ट डेभलमेन्ट वर्कशपलाई सम्वोधन गर्नेक्रममा उनले सो कुरा बताएका हुन् ।
‘अहिले विपन्न नागरिक उपचार कोषबाट गरीव तथ विपन्न नागरिकले क्यान्सर, मुटु मिर्गौला लगायतका ८ बढी नसर्ने जटिल रोगका उपचारमा सहुलियत पाइरहेका छन्, तर अव ती सहुलियत पाउनका लागि स्वास्थ्य विमा अनिवार्य गर्नुपर्ने हुन्छ । हामीले संसदमा दर्ता गराएको विमा ऐन विधेयकमा सो कुरा बताएका छौँ ।’

उनले २ हजार ५ सय प्रिमियम तिरेबापत ५० हजार बराबरको उपचार पाउने र विपन्नका लागि दिईदै आएको नसर्ने रोग लागेको खण्डमा कोषबाट उपलव्ध गराउँदै आएको सहुलियत छुट्टै दिइने व्यवस्था भएको बताए ।

उनले वर्कसपबाट आउने उपचार गाईडलाइनकै आधारमा क्यान्सर उपचारमा थप निर्णय गर्ने बताए । दुई दिनसम्म चल्ने वर्कसपमा स्वदेशी तथा विदेशी क्यान्सररोग विशेषज्ञहरुको सहभागिता छ । डव्लुएचओको प्राविधिक सहयोगमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आयोजना गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *