ललितपुर भयो २६ औँ पूर्णखोपयुक्त जिल्ला

ललितपुर १५ बैशाख । ललितपुर २६ औ पूर्ण खोपयुक्त जिल्ला घोषित भएको छ । जिल्लामा रहेका २३ महिना मुनिका सबै (४ हजार ५९५ जना) बालबालिकालाई खोप लगाउँदै पूर्ण खोपयुक्त जिल्ला घोषित भएको हो ।

आज आयोजित विशेष समारोहमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेललाई पूर्ण खोप सुनिश्चित जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक शर्माले उपत्यकाको पहिलो पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियान गत असोजबाट सुरु गरी तीस चैतमा सम्पन्न गरेको बताए । उनले आजको घोषणासंगै पहिलो महानगरपालिका र उपत्यकाको पहिलो जिल्ला समेत पूर्ण खोपयुक्त जिल्ला भएको बताए ।

विसं २०७१ फागुन १५ गते पाल्पा जिल्ला पहिलो पूर्णखोपयुक्त जिल्ला घोषणा भएको थियो । ललितपुरका प्रमुख पौडेल पाल्पामा रहेका बेला नै पाल्पा जिल्ला पहिलो पूर्णखोपयुक्त जिल्ला भएको थियो ।

आज भएको कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्त, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा विकास लामिछाने, युनिसेफ, विश्व स्वास्थ्य संगठन, तथा रोटरी क्लवका प्रतिनिधी सहित विभिन्न सरकारी निकायका प्रतिनिधीहरुको उपस्थिति थियो ।

कार्यक्रममा स्वास्थ्यमा उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई सचिव डा उप्रेतीले सम्मान गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *