हातको हड्डी बाहिर निस्केको बालकको तीन वर्ष पछि उपचार

काठमाडौँ, १३ बैशाख । हात भाचिएर हड्डी बाहिर निस्केको एक बालकले तीन बर्ष पछि उपचार पाएका छन् । चावहिलस्थित हेल्पिङ हेन्डस् सामुदायिक अस्पतालले निशुल्क उपचारको व्यवस्था गरेको हो ।

खाँदबारी- १, दुवेचौर संखुवासभाका १४ बर्षीय किशोर तामाङको तीन बर्ष अघि बायाँ पाखुरा भाँचिएर हड्डी बाहिर निस्किएको थियो । तर आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन् ।

हेल्पिङ हेन्डस् अस्पतालका प्रमुख डा गुप्तबहादुर श्रेष्ठले खाँदबारी जाने क्रममा ती बालकलाई भेटेपछि निशुल्क उपचारको व्यवस्था गरेका हुन् । आइतबार काठमाडौँ आइपुगेका किशोरको अर्थोपेडिक सर्जन डा हेम लिम्बुको टोलीले मंगलबार नै अप्रेशन गरेको छ ।

किशोरका बुबा रमेशकुमार तामाङले आर्थिक अभावमा उपचार गर्न नसकेका बेला डा गुप्तकै सहयोगमा आफ्नो छोराको उपचार सम्भव भएको बताए । ‘हामी सुकुम्बासी मान्छे, तीन बर्ष अघि नै छोराको हालत यस्तो भयो । जडिबुटी उपचार त गरयौँ तर अस्पताल लगेर उपचार गर्ने पैसा भएन् । हड्डी बाहिर निस्कदा समेत हातमाकाँम्रो बाँधेर हिड्नुपर्ने अवस्था आयो । डाक्टर साहेवले  समस्या थाह पाएपछि निशुल्क उपचारको व्यवस्था गरिदिनुभयो,’ रमेशले भने । उनले छोराको उपचार बाहेक आफूहरुको आउने बाटा खर्च र काठमाडौँ बसाई खर्च समेत अस्पतालले बेहोरेको बताए ।

अस्पतालका प्रमुख डा श्रेष्ठले भने अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत उपचारविहीन रहेका बालकको उपचार गरिदिएको बताए । उनले भने, ‘हामीले जब ती बच्चाको अवस्था बारेमा जानकारी पायौँ ढिला नगरी अस्पताल ल्याउन भन्यौँ र आउने बन्दोबस्त समेत मिलाइदियौँ ।यस्ता केशहरु विगतमा पनि हामीले धेरै गर्दै आएका छौँ ।’

उपचारमा सम्लग्न अर्थोपेडिक सर्जन डा लिम्बूले आर्थिक अभावमा बच्चाको परिवारले सामान्य उपचार समेत गर्न नसकेकोमा हेल्पिङ हेन्डस्ले त्यो सहयोग मिलाएको बताए । उनले भने, ‘उपचारको हिसावले  हाम्रा लागि यो सामान्य केश हो । तर यतिका बर्ष देखि उपचारविहीन भएर बस्न पर्नु आफैमा अप्ठेरो पक्ष हो ।’

किशोरका बुबा रमेशकुमारले भने उपचार पछि तीन बर्षदेखि छुटेको छोराको पढाईले निरन्तरता पाउने विश्वास गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *