जङ्गली च्याउ खाँदा एकै परिवारका छ जना बिरामी

0
Shares

इलाम, १२ वैशाख । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाँदा देउमाई नगरपालिका–१० का ४६ वर्षीय देउमान लिम्बू, ५५ वर्षीय सुकपाल लिम्बू, २४ वर्षीय शेसे लिम्बू, २० वर्षका साङ्बो लिम्बू, १७ वर्षीया तेरुहाङ लिम्बू र ७५ वर्षीया दलहाङमा लिम्बू सिकिस्त भएका हुन् ।

सोमबार आफ्नै घरको बारीमा फलेको च्याउको तरकारीसँग खाना खाएपछि उनीहरु बिरामी परेका हुन् ।

च्याउ खाएर बिरामी भएका सबैको अवस्था गम्भीर रहेको इलाम अस्पतालका हेल्थ असिस्टेन्ट टिका लुइँटेलले जानकारी दिए। उनीहरूलाई इलाम अस्पतालमा सामान्य उपचार गरेर सोमबारै थप उपचारका लागि धरानतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *