मुस्ताङमा निःशुल्क स्वास्थ्य शिविर, ९१२ ले गराए स्वास्थ्य परीक्षण

0
Shares

मुस्ताङ, ११ वैशाख । घरपझोङ–४ ठिनीमा सम्पन्न दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ९१२ ले स्वास्थ्य परीक्षण गराएका छन् ।

थकाली समुदायको बाहुल्य रहेको ठिनीमा सञ्चालित बाह्रबर्खे देवीदर्शन र मेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपाल, मनमोहन मेमोरियल अस्पताल, जिल्ला अस्पताल मुस्ताङ र मुस्ताङ सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा सर्वसाधारणले सेवा प्राप्त गरेका हुन् ।

ठिनी स्वास्थ्यचौकीका प्रमुख कर्णबहादुर कार्कीले शिविरमा ९० जनाले फिजियो थेरापी, ६५ जनाले स्त्रीरोग, हाडर्जोनी, छाला र सर्जरीसम्बन्धी ५६७ जना र २९० जनाको आँखा परीक्षण गरिएको जानकारी दिए ।

“यीमध्ये ८१ जनाको ल्याब टेस्ट, १११ जनाको भिडियो एक्सरे पनि गरिएको थियो”, उनले भने, “शिविरमा घासादेखि माथि मुक्तिनाथदेखि तलका सर्वसाधारण आएका थिए ।” शिविरका अवसरमा बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

शिविरमा जिल्ला अस्पताल र थकाली स्वास्थ्यकर्मी परिवार नेपालबाट पाँच जना विशेषज्ञ डाक्टरको टोलीले सेवा प्रदान गरेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *