आइसियुका सामग्री डेढ बर्ष देखि स्टोरमा थन्कियो

दाङ, १० बैशाख । राप्ती उपक्षेत्रीय अस्पताल दाङमा आईसीयु सेवा सञ्चालनका लागि भन्दै डेढ बर्ष अघि ल्याइएका करोडौँ मूल्यका सामग्री त्यत्तिकै थन्किएको छ । सघन उपचार सेवा दिनुपर्ने विरामीलाई भने धमाधम बाहिर पठाइने गरेको छ ।

त्यसो त सरकारले यस अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन भन्दे पहल थालिसकेको छ । त्यसका लागि आवश्यक भौतिक पूर्वाधार र आवश्यक स्वास्थ्य उपकरणलगायतका सामग्रीसहित बजेटसमेत उपलब्ध गराइरहेको छ । सोही बजेट अन्तर्गत ल्याइएका सामग्रीहरु स्टोरमा थन्किएका हुन् ।

यस अस्पतालमा दाङ, सल्यान, रुकुम, रोल्पालगायतका जिल्लाबाट सुत्केरीका लागि विरामी आउने गर्छन । तर आइसियु नहुँदा दैनिक जसो नवजात शिशुलाई अन्यत्र पठाइने गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले यथास्थितिमा आइसियु सेवा चलाउन नसक्ने बताए । उनले आइसियु चलाउन १२÷१५ जना दक्ष कर्मचारी आवश्यक पर्ने तर अस्पतालसँग जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको प्रतिक्रिया दिए ।

यद्धपी उनले असार मसान्तसम्म आइसियु सञ्चालन गर्ने गरी तयारी थालिएको प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *