अस्पतालको स्तरबृद्धिका लागि डेढ अर्व लगानी थप्दै नर्भिक

काठमाडौँ, ९ बैशाख । स्तरबृद्धिका लागि नर्भिक अस्पतालले डेढ अर्व लगानी थप्ने घोषणा गरेको छ । पाँच बर्षे योजना अन्तर्गत नर्भिकले लगानी थप्ने घोषणा गरेको हो ।

चौविसौँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष बसन्त चौधरीले थप लगानीले अत्याधुनिक सुविधा सम्पन्न १ सय सैयाको क्यान्सररोग उपचार केन्द्र, त्यति नै सैयाको अति विशिष्ट मातृशिशु उपचार केन्द्र थप्ने बताए ।

त्यस्तै उनले पाँच बर्ष भित्रमा हृदयरोग (मुटु) केन्द्र, पाचन प्रणाली उपचार केन्द्र, अति विशिष्ट मातृ तथा शिशु उपचार केन्द्र, आईभीएफ केन्द्र स्वास्थ्य प्रश्वास तथा अति जटिलपूर्ण रोग उपचार केन्द्रलाई सुपर स्पेशलाईज्ड विभागमा परिणत गर्ने जानकारी दिए । नयाँ बन्ने भवनमा हेलिप्याडको सुविधा समेत रहने बताइएको छ ।

अध्यक्ष चौधरीले अर्वुदरोगको अस्पताल छुट्टै स्थानमा हुने र मातृशिशु उपचार केन्द्र थापाथलीमै थपिने बताए । उनले मातृ शिशु उपचार केन्द्र पूर्णतया महिला विशेषज्ञहरु मात्रैको व्यवस्थापन र रेखदेखमा सञ्चालित हुने बताए ।

उनले दुईभागमा विभाजित भिजन २०२२ नामक योजनामा अस्पतालको बेड २०० पुरयाउने, त्यसमध्ये अति सघन उपचार सैया ५० प्राईभेट सैया ६० जनरल सैया ९० आकस्मिक उपचार सैया २० पुरयाउने बताए ।

बार्षिक उत्सव समारोहमा प्रमुख अतिथि बन्न पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले भने कुनै मन्तव्य राखेनन् । कार्यक्रमका विशिष्ट अतिथि गिताभक्त जोशीले स्वास्थ्य क्षेत्रको मिलेनियम टार्गेट पुरा गर्न नर्भिक लगायतका निजी क्षेत्रका अस्पतालहरुको योगदान रहेको चर्चा गरे ।

कार्यक्रममा भारतस्थित फोर्टिस स्कट अस्पतालका बरिष्ठ उपाध्यक्ष सुनिल कपुरले नर्भिकसंगको साझेदारी कार्यक्रम बारे चर्चा गरेका थिए । कार्यक्रममा १० बर्ष सेवा अवधी पुरयाएका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *