विश्वकै सबैभन्दा बृद्ध भनिएकी ११७ बर्षीया महिलाको निधन

बीबीसी । विश्वकै सबैभन्दा वृद्ध महिलाको ११७ वर्षको उमेरमा इटलीमा निधन भएको छ। एम्मा मोरानोको उत्तरी इटलीस्थित भरबान्यामा रहेको आफ्नै घरमा निधन भएको हो।

सन् १८९९ को नोभेम्बर २९ तारिखमा मोरानोको इटलीको पीडमन्टमा जन्म भएको थियो। १८ औं शताब्दीमा जन्मिएर हालसम्म जीवित प्रमाणित उनी अन्तिम व्यक्ति भएको बताइन्छ।

उनको निधनसँगै मानव इतिहासले एउटा कोशेढुंगा पार गरेको छ।  ‘जब मैले उनलाई भेटेँ। उनी प्रतिदिन तीनवटा अण्डा खाने गर्थिन्, बिहान दुईवटा काचो र मध्यान्ह एउटा अम्लेट र राति कुखुराको मासु खाने गर्थिन्,’ एकजना डाक्टरले भने ।

उनी आफ्ना नौजना भाइ तथा बहिनीमध्ये सबैभन्दा जेठी थिइन्। र, उनीमात्रै हालसम्म जीवित थिइन्।मोरानोले आफ्नो जीवनकालमा तीन शताब्दीमात्रै देखिनन् बरु उनले एउटा पीडादायी वैवाहिक सम्बन्धको पनि सामना गरिन् र आफ्ना एकमात्र छोरालाई पनि गुमाइन्।

उनले आफ्नो जीवनकालमा दुईवटा विश्वयुद्ध र इटलीमा ९० वटाभन्दा बढी सरकार परिवर्तन भएको पनि देखिन्।

दीर्घजीवन हुनुमा बंशाणुगत ?

आफ्नो दीर्घजीवनका लागि वंशाणुगत गुणलाई श्रेय दिने गरेकी मोरानोकी आमाको ९१ वर्षमा निधन भएको थियो भने उनकी केही बहिनीहरु सय वर्षसम्म बाँचेका थिए।

९० वर्षभन्दा बढी उमेरसम्म तीनवटा अण्डा खाने गरेकोले पनि आफ्नो आयु त्यति लामो भएको उनले बताउने गरेकी थिइन्। प्रत्येक दिन तीनवटा अण्डा खाने गरेकी मोरानोले दुईवटा चाहिँ काँचो अण्डा खाने गर्थिन्।

प्रथम विश्वयुद्ध लगत्तै डाक्टरले रक्तअल्पताको समस्या देखिएको बताएपछि उनले त्यसो गर्न थालेकी थिइन्। पछिल्लो समय उनी दुईवटा अण्डा र केही बिस्कुट मात्रै खाने गरेकी थिइन्।

मोरानो २७ वर्षकी हुँदाताकाको उनका डाक्टर रहेका कार्लो बाभाले समाचार संस्था एएफपीलाई बताएअनुसार उनले विरलै सागसब्जी र फलफूल खाने गर्थिन्।

बाभाले भने, ‘जब मैले उनलाई भेटेँ। उनी प्रतिदिन तीनवटा अण्डा खाने गर्थिन्, बिहान दुईवटा काचो र मध्यान्ह एउटा अम्लेट र राति कुखुराको मासु खाने गर्थिन्।’

यसरी भएको थियो सम्वन्ध विच्छेद

सम्बन्धविच्छेदलाई पनि दीर्घजीवनको एउटा कारण बताउने गरेकी मोरानोले सन् १९३८ मा आफ्ना एकमात्र छोराको ६ महिनाकै उमेरमा मृत्यु भएपछि आफ्ना श्रीमान्‍लाई छाडेकी थिइन्। उनले भन्ने गर्थिन्, ‘बिहे कहिल्यै स्वस्थकर हुने गर्दैन।’

एक जनासँग उनको प्रेम थियो जो प्रथम विश्वयुद्धमा मारिए। त्यसपछि अरु कसैसँग बिहे गर्ने उनलाई इच्छा भएन।

एउटा पत्रिकासँगको अन्तर्वार्तामा उनले ११२ वर्ष हुँदा आफूसँग कुनै विकल्प नभएको बताइएकी थिइन्। उनले भनेकी थिइन्, ‘उसले भन्योः ‘यदि तिमी भाग्यमानी छौ भने मसँग बिहे गर, नभए म तिमीलाई मार्दिन्छु।’ त्यतिबेला म २६ वर्षकी थिएँ। अनि मैले बिहे गरेँ।’

सन् १९३८ मै उनीहरु छुट्टिएपनि सन् १९७८ मा उनका श्रीमान्‍को मृत्यु नहुञ्जेल उनीहरु विवाहित रुपमै रहे। ७५ वर्षको उमेरसम्म मोरानोले जागिर गरिन् र फेरि बिहे नगर्ने निधो गरिन्।

न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘म कसैबाट दमित हुन चाहन्न।’

केही वर्षअघि मात्रै उनले पूर्णकालीन हेरचार गर्ने मान्छे राखेकी थिइन् तर विगत २० वर्षयता उनी दुईकोठे आफ्नो सानो आवासीय भवनबाट बाहिर निस्केकी थिइनन्।

वृद्धावस्थाबारे अध्ययन गर्ने अमेरिकास्थित संस्था जीआरजीका अनुसार अब मोरानोको निधनसँगै अब विश्वकी सबैभन्दा वृद्ध प्रमाणित जीवित महिला जमैकाकी भायलेट ब्राउन हुन्, जसको जन्म सन् १९०० को मार्च १० तारिखमा भएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *