उपत्यकामा झाडापखलाको प्रकोप बढ्यो, वयस्कहरु बढी प्रभावित

काठमाडौँ, ३ बैशाख । सामान्य त दुर्मग स्थानमा झाडापखलाको प्रकोपमा बालबालिका तथा बृद्धबृद्धाहरु पर्ने गर्दछन् तर उपत्यकामा भने ठिक उल्टा छ । झाडा पखलाबाट बच्चा बृद्ध भन्दा बयस्कहरु पिडीत छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आउने अधिकांश झाडा पखलाको केशमा बयस्कहरु हावी हुने गर्छन ।

‘किनकी उनीहरु नै बढी अस्वस्थ खानपानमा पर्दा रहेछन्,’ अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले अगाडी थपे, ‘बाहिर हिड्ने, होटल तथा रेष्टुरेन्टमा खाने, स्ट्रीड फुड खाने त्यहि जमात हो । त्यसैले असर पनि तिनैलाई बढी पर्ने भयो ।’

डा. पुनले गर्मी मौसम लागेसंगै व्याक्टेरियाहरुको उत्पत्ती हुने र फैलने दर बढने गरेको भन्दै खानपान र सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे ।

आफ्नो अस्पतालको आँकडा प्रस्तुत गर्दै डा. पुनले दुई साता यता बढेको गर्मीले झाडापखालाका विरामीको संख्या ह्वात्तै बढाएको बताए । ‘अहिले औषत दैनिक ८ वटा केश झाडापखलाको आउने गरेको छ र यो संख्या बढ्दोक्रममा छ,’ उनले भने ।

डा. पुनले गर्मी मौसम झाडा पखलाका लागि अनुकुल मौसम भएको भन्दै आम सर्वसाधारणलाई खानपान र सरसफाईमा ध्यान दिन आग्रह गरेका छन् ।

झाडापखलाबाट जोडिन डा. पुनले पाँच टिप्स :

  • सावुन पानीले हात धोएर मात्रै खाने गरयौँ । यो कुरा गर्मी मौसममा मात्रै होइन जुनसुकै मौसममा प्रयोगमा ल्याउनुपर्छ ।
  • घर भित्रकै खानेकुराको सरसफाईमा ध्यान दिऔँ । खानेकुरा बनाउनुअघि सफा पानीले राम्ररी पखालौँ । सफा भाडामा पकाऔँ ।
  • पकाएका खानेकुराहरुमा धुलो फोहर नपसोस भनेर छोपेर राखौँ तर पकाएको लामोसमयसम्म नराखौँ । यसले गर्दा त्यहि व्याक्टेरिया फैलनसक्छ । त्यसैले सकेसम्म छिटै खाने बानी गरौँ ।
  • बाहिरको खाना सकेसम्म नखाऔँ, खानैपरे सरसफाई हेरेर मात्रै खाने गरौँ । बासी सडेगलेको जस्तो लाग्ने चिज छ भने छुदै नछोउँ । झिगा भन्केको ठाँउका खानेकुरा पनि नखाऔँ ।
  • उपत्यकामा जारकै पानी खाएकाहरुमा पनि झाडा पखला देखिएको हुँदा पानी खाँदा विशेष ध्यान दिऔँ सकैसम्म उमालेको पानी खाने बानी गरौँ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *