स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन भोलिबाट

काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको तेस्रो शिखर सम्मेलन भोलीबाट राजधानीमा सुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हुन लागेको तीन दिने सम्मेलनमा स्वदेश तथा विदेशका गरी १ हजार बढीको सहभागिता हुने बताइएको छ ।

सम्मेलनको पूर्व सन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा परिषदका कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले स्वेदशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ६३ वटा मौखिक र १२८ वटा पोष्टर प्रस्तुति गर्ने जानकारी दिए ।

अध्यक्ष डा झाका अनुसार सम्मेलनको पहिलो दिन दिगो विकासका लागि स्वास्थ्य विषयको छलफल हुनेछ । सोही दिन सामाजिक स्वास्थ्य बीमा, नीति तथा कार्यक्रम प्रमाणिक तथ्यको बैज्ञानिक लेखन तथा प्रकाशन कसरी गर्ने भन्ने बारेमा प्रस्तुतिकरण हुनेछ ।

त्यसैगरी दोस्रो तथा तेस्रो दिन स्वास्थ्य तथा जनसंख्या विषयका विभिन्न ८ वटा विधाहरुमा प्रस्तुति हुनेछन् । जसमा नसर्ने रोग, पोषण, मातृ तथा बाल स्वास्थ्य, सरुवा तथा उष्ण प्रदेशिय ट्रपिकल रोगहरु तथा बाताबरणीय र पेशागत स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य व्यवस्था, बायोमेडिकल तथा स्वास्थ्य सेवाको बारेमा प्रस्तुति रहनेछ । त्यस्तै यौन तथा प्रजनन स्वास्थ्यतथा किशोर किशोरी स्वास्थ्य तथा सिस्टमेटिक रिभ्यु विषयमा पनि प्रस्तुति करण हुने बताइएको छ ।

तीन दिने सम्मेलनको दोस्रो दिन अर्थात मंगलबार स्वास्थ्य मन्त्री गगन थापाले औपचारिक उदघाटन गर्नेछन् । अघिल्ला बर्षमा जस्तै यसवर्ष पनि छ जना उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई विभिन्न अवार्डद्धारा सम्मानित बताइएको छ ।

गतवर्ष जस्तै यसपटक पनि भारत, जर्मनी, इटाली, चीन तथा बेलायतबाट केही बैज्ञानिकहरुले सहभागीता जनाउने बताइएको छ । यसपटकको नारा ‘दिगो विकास लक्ष्यमा स्वास्थ्य : के हामी सही मार्गमा छौँ ?’ भन्ने राखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *