सेनाको स्वास्थ्य शिविरबाट चारसय ६५ जना लाभान्वित

40
Shares

भीमदत्तनगर, २७ चैत । नेपाली सेनाको भवानी बक्स गणले आफ्नो १३३ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार कञ्चनपुरको दोधाराचादँनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

विभिन्न विशेषज्ञ चिकित्सकसहितको टोली त्यहाँ पुग्दा स्थानीय ४६५ जनाले सेवा लिएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष र रोटरी क्लब कञ्चनपुरको समेत सहयोगमा सञ्चालन भएको शिविरमा यहाँका बालबालिका, वृद्धवृद्धा र महिला गरी उक्त सङ्ख्यामा स्वास्थ्य सेवा लिएका हुन् । रोटरी क्लब कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले दोधाराचादँनीको विकट कुतियाकवर क्षेत्रमा पहिलो पटक शिविर सञ्चालन गरिएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गणले यसअघि केही दिनअघि वार्षिकोत्सवकै अवसर पारेर यहाँको वृद्ध सेवा केन्द्रमा समेत सहयोग गरेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *