प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँड्न बाध्य

20
Shares

मोरङ, २४ चैत । मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गरेका छन् ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल, भरतपुरमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाखको चन्दा सङ्कलनबाट उहाँको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन ।

रु तीनलाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँडिरहेका छन् । राईले भने, ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु ।’ रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *