टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा प्रभावित
बैतडी, २१ चैत । नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुने गरेका छन् ।
जिल्लाको दुर्गम पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिकाका अधिकांश वडामा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यस क्षेत्रका स्वास्थ्य सेवा प्रभावित हुने गरेका छन् ।
नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्वास्थ्य सेवा प्रभावित हुने गरेको शिवनाथ गाउँपालिका–१ शर्माली गौशल्ला सुरक्षित प्रसूति केन्द्रकी अनमी यशोदा साउदले बताइन्।
नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा समस्या हुने गरेका छन्, उनले भनिन् – “गर्भवती तथा सुत्केरी महिलाको उपचारका क्रममा आवश्यक सल्लाह लिन सम्बन्धीत चिकित्सकसँग फोनमा सल्लाह लिन नसक्दा समस्या हुने गरेका छन् ।”
भौगोलिक विकटता भएको शर्मालीमा भारतीय मोबाइल बढी प्रयोग हुने गरेका छन्, शर्माली स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश चन्दले भने – “नेपाली नेटवर्कले काम नगर्दा भारतीय मोबाइलको प्रयोग गर्नुपर्ने यहाँ बाध्यता छ ।”
टेलिकमले पछिल्लो समय विभिन्न ठाउँमा टावर राखी सेवा विस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लोस्वराडका स्थानीय बासिन्दा फोन सेवाबाट वञ्चित भएको साविकको शर्माली गाविसका सचिव हरिसिंह विष्टले बताए । रासस
सम्पर्क इमेल : [email protected]