ग्यास्ट्रिक कम गर्ने घरेलु उपाय

Gastric Pain

धेरैजसो नेपालीलाई सताउने रोगमध्ये ‘ग्यास्ट्रिक’ पनि एक हो । यदि घरेलु विधिको प्रयोग गर्नुभयो भने ग्यास्ट्रिकको समस्याबाट मुक्त हुन सकिन्छ । यस्तो विधि उपयोग गरियो भने अपस्पतालमा नपुगी घरेलु उपचारबाट ग्यास्ट्रिक ठीक हुन सक्छ ।

–ग्यास्ट्रिकका कारण पेटमा समस्या छ भने स्ट्रबेरीको एक–दुई दाना सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

–एक गिलास पानीमा एक चम्चा वेकिङ सोडा मिलाएर त्यसमा थोरै नुन र कागती फिटेर सेवन गर्दा त्यसले नसोचेको फाइदा पुग्दछ ।

–हाम्रो वरिपरि पाइने घिउकुमारीको सेवन गर्नाले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ ।

–पुदिना र दालचिनी राखेको चियाले पनि पेटको समस्या ठीक गर्न मद्दत गर्दछ ।

– सुकुमेल, जिरा, दालचिनी, लसुन तथा अदुवाको सेवनले फाइदा पुग्छ ।

–कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियालाई सघाउँछ । यसको सेवनले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *