पाल्पाका मिर्गौलापीडित सेनलाई कोरियाबाट आर्थिक सहयोग
पाल्पा, ७ चैत । दुवै मिर्गौला फेल भएका रामपुर नगरपालिका डाब्रा पाल्पाका रेमबहादुर सेनको उपचारमा आर्थिक रकम सहयोग प्राप्त भएको छ ।
दक्षिण कोरियामा गठित नमस्ते दक्षिण कोरिया पाल्पा नामक समाजका सदस्यले सेनको उपचारमा रु एक लाख ९५ हजार रकम सहयोग गरेको छ ।
नमस्ते दक्षिण कोरिया पाल्पाका संस्थापक अध्यक्ष चेतन सारुले सेनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक रकम सहयोग गरेको बताए ।
स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा सेनको उपचारमा समस्या भन्ने समाचार प्रकाशन भएपछि सेनको उपचारमा सो संस्थाले आर्थिक रकम सहयोग गरेको हो । आर्थिक रकम सहयोग प्राप्त भएपछि पीडित सेनले खुसी व्यक्त गर्दै सो संस्थालाई धन्यवाद दिए । रासस
सम्पर्क इमेल : [email protected]