नामिबियामा मलेरियाबाट १४ दिनमा १४ को मृत्यु

0
Shares
बर्नाड हाउफिकु

विन्टुक (नामिबिया), २ चैत । पछिल्लो दुई साता यता नामिबियामा मलेरियाका कारण १४ जनाको मृत्यु भएको छ । स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुका अनुसार सोही रोकका कारण देशभर करिब सात हजार नागरिक बिरामी परेका छन् ।

मङ्गलबार सञ्चारमाध्यमसँग मलेरिया समस्याबारे कुराकानी गर्दै हाउफिकुले भने, मलेरियाका कारण हजारौँ नामिबियाली नागरिक बिरामी भएका र १४ जनाको मृत्यु भएपछि नामिबिया सरकारले यसलाई नियन्त्रण गर्ने प्रयासका लागि एक लाख २३ हजार नामिबियाली डलर छुट्याएको छ ।

रोगलाई पूर्ण नियन्त्रणमा ल्याउन थप रकम पनि आवश्यक देखिएको भन्दै छिट्टै यसको पनि व्यवस्था गर्ने उनले बताए ।

नामिबियाका ग्रामीण क्षेत्रमा मलेरियाबाट गाउँलेहरूले एकपछि अर्को गर्दै ज्यान गुमाएपछि सरकारले मलेरिया नियन्त्रणलाई लक्षित गरी कार्यक्रमहरू ल्याएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *