अस्पतालमा आक्रमण, डाक्टर नर्स सहित ३० भन्दा बढीको मृत्यु

0
Shares

काबुल, २५ फागुन । अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ ।

यस आक्रमणमा परी मारिने प्रायः डाक्टर, नर्स, बिरामीहरु परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । यस आक्रमणमा परी करिब ५० घाइते भएका छन् ।

उक्त आक्रमणमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले बताएका छन् । रासस÷एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *