पोषिलो ‘गजल’
देशका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेका हाम्रा स्वास्थ्यकर्मीहरु उपचार मात्रै गर्दैनन । विभिन्न तरिकाले स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने काम समेत गरेका छन् । नवलपसारी अमरावतीका प्रकाश पन्थीले त्यस्तै एउटा रचना पठाएका छन् । पौष्टिक आहारका बारेमा सन्देश दिने खालको छ । हेरौँ उनको यो गजल :
नियमित जानुपर्छ, स्वास्थ्य सस्था जँचाउन,
आमाबच्चा दुबैको ज्यान, जोखिमबाट बचाउन !!
आइरनचक्की टि.डि.खोप र जुकाको औषधि खाइ,
जन्मे पछी मेरो पुन्टे, छक्कै भन्दै नचाउन !!
पुर्ण स्तनपान सङ्गै, उ.प.मा.बा.प्र.स.स.को,
बिचार गरि खुवाए मात्र, सहज हुन्छ पचाउन !!
समयमै खोप पूरा हरेक बार खाना चार,
याद गरौं कुपोषणको, चक्रमा न फसाउन !!
२ बर्षमै ८० % दिमागको विकास गराइ,
बच्चा स्वस्थ बनाएर, सपरिवार हसाउन !!
परिवार सबै मिलि दैनिक काममा सघाएमा,
आमाबच्चा स्वस्थ हुन्छन, पर्दैन नयन रसाउन !!
नोट ( उ.प.मा.बा.प्र.स.स.) उ . = उमेर, प . =पटक, मा .= मात्रा, बा . =बाक्लोपना, प्र . =प्रकार, स . =सकृय खुवाइ, स . = सरसफाइ ।
# पन्थी अमरापुरी स्वास्थ्य चौकी नवलपरासीमा कार्यरत छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



