सोमालियामा हैजाको प्रकोपबाट एकसय बढीको मृत्यु

0
Shares


मोगादिसु, २२ फागुन । सोमालियाको दक्षिणी क्षेत्रमा लामो खडेरीपछि हैजाको प्रकोपका कारण विगत दुई दिनमा ११० जनाको मृत्यु भएको छ । सो क्षेत्रमा कैयौँ गम्भीर बिरामी परेका केन्याका प्रधानमन्त्री हसन अलि खाइरेले बताए ।

प्रधानमन्त्री खाईरेका अनुसार मुलुकको क्षेत्रमा खडेरीपछि हैजा र अन्य रोगका असर देखिएको जनाउँदै सरकारले यस्ता प्रकोप नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी कार्यक्रम ल्याउने भन्दै केन्याली जनतालाई आश्वस्त तुल्याएका छन् ।

उता सोमालियाको दक्षिणपूर्वी क्षेत्रलाई प्रतिनिधित्व गरी कृषिमन्त्री समेत बनेका मोहमद हसन फिकीले शनिबार नै हैजाको प्रकोप आफूहरुको नियन्त्रण क्षमता बाहिर रहेको बताउँदै राष्ट्रिय सरकार र अन्तराष्ट्रिय समुदायसँग मानवीय सहयोगको याचना गरेका छन् ।

क्षेत्रको गुफगड्डुड अवडिनले र वेरडेल इलाकामा हैजाले स्थानीयलाई नराम्री सताएको र यस रोगका कारण लगातार सर्वसाधारणको मृत्यु भएको खबर प्राप्त भइरहेको बताए ।

उनले शनिबारसम्म ११० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाउँदै रोग नियन्त्रणमा सहयोग नभएमा सो सङ्ख्यामा निकै वृद्धि हुने देखिएको बताए । रोग नियन्त्रणका लागि स्थानीय स्वास्थ्य केन्द्र तथा प्रशासनको केही नलाग्ने देएिको फिकीको भनाइ छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *