महोत्तरीमा १८ लाख बढीको औषधि आयो

152
Shares

गौशाला, २४ माघ । पाँच महिना देखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा १८ लाख बढीको औषधि आएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा मनिष पाण्डेका अनुसार आएका औषधिहरु जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतका सरकारी स्वास्थ्य संस्थालाई बितरणको तयारी भएको बताए ।

डा पाण्डेले प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि आफूहरु पुनः प्रयासरत रहेको बताए ।

उनले प्राप्त औषधिहरु माघको अन्तिमसम्म जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा पुगिसक्ने र सेवाग्राहीले अब थप समस्या झेल्नु नपर्ने दावी गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *