स्वास्थ्य चौकीको भवन निर्माण सुरु

8
Shares

पाल्पा, २९ पुस । साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ ।

नेपाल सरकारको रु एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो ।

सो भवन निर्माणका लागि श्री थेगिम मनो जेभी कम्पनीले २०७३ साल असोज २३ मा ठेक्का सम्झौता गरी १८ महिनामा सम्पन्न गर्ने गरी जिम्मा लिएको कम्पनीका ठेकेदार प्रेम पहारीले बताए ।

दुईतले १२ कोठासहितको भवन निर्माण भएपछि यहाँ स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा, सुरक्षित गर्भपतन सेवा, मातृ शिशु लगायतका विभिन्न सेवा प्रवाह हुनेछ ।

स्वास्थ्य चौकी निर्माण भएपछि साँखर र गजरकोटका करिब दश हजार स्थानीयवासी लाभान्वित हुने स्थानियवासी देवराज भट्टराईले बताए ।

भौतिक संरचना बलियो नहँुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आएपछि यहाँका स्थानीयवासी, राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीविको पहलमा नयाँ पक्की भवन निर्माण हुन लागेको उनले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *