मेडिकल अधिकृत पटेलविरुद्ध आरोपपत्र

0
Shares

काठमाडौँ, ११ पुस –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएका भनिएका मेडिकल अधिकृत पन्नालालप्रसाद पटेलविरुद्ध आरोपपत्र दायर गरेको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा कार्यरत पटेलका सम्बन्धमा छानबिन गर्दा निजले आइएस्सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलबाट सदस्यतासमेत प्राप्त गरी जागिर खाएको देखिएको आयोगको जिकिर छ । ‘निजको प्रमाणपत्र छानबिन गर्दा झुठा देखिएकाले’ आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *