सुशान्तको उपचारका लागि तीन लाख सहयोग

0
Shares

इलाम, १० पुस –  मुटु र शरीर सुन्निएर अस्पतालको शैय्यामा छटपटाइरहेका इलाम गोलाखर्कका १० वर्षीय सुशान्त तामाङलाई कोरियामा बस्ने नेपालीले तीन लाख रूपैयाँ सहयोग गरेका छन् ।

इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाद्वारा काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत सुशान्तकी आमा याममायालाई उक्त सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिए ।

समाजले यसअघि ताप्लेजुङका आगलागी पीडित र दोलखाका भूकम्पपीडितलाई समेत करिब रु तीन लाख बराबरको राहत वितरण गरिसकेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *