अस्पताल सुधारको माग राखेका तिवारीको अनसन १८ दिनमा तोडियो

0
Shares

सप्तरी २५ मंसिर – सरकारसंग चार बुँदे सम्झौता भएपछि राजबिराजस्थित सगरमाथा अञ्चल अस्पतालमा विगत १८ दिन देखि आमरण अनसन बसेका विकास तिवारीले आफ्नो अनसन तोडेका छन् । स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा अस्पतालमा उपचार गराइरहेकी ७ महिनाकी कुपोषित बालिका निलम मण्डलको हातबाट जुस पिउदै उनले अनसन तोडेका हुन् ।

अञ्चल अस्पताल आवश्यक चिकित्सक, चुस्त उपचार सेवा, अनियमिता बन्द हुनुपर्ने लगायतका माग राख्दै सदभावना पार्टी गजेन्द्रबादी समूहका अध्यक्ष समेत रहेका तिवारीले अस्पताल परिषरमा अनसन सुरु गरेका थिए ।

लामो समयको अनसन पछि उनको स्वास्थ्य स्थिति बिग्रँदै गएको थियो । मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले मन्त्री थापाको उपस्थितिमा चार बुदे सम्झौता भएपछि अनसन तोडिएको बताए ।

उनले आवश्यक चिकित्सक पठाउने र अनियमिता छानवीन गर्न एक साता भित्र मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा छानवीन समिति गठन गर्ने लगायतका सम्झौता भएका छन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *