महिला स्वयंसेविकालाई पोसाक वितरण

0
Shares

रसुवा, २२ मंसिर –  ग्रामीण क्षेत्रमा काम गर्ने महिला  स्वयंसेविकालाई यहाँ कार्यरत गैरसरकारी संस्थाले मङ्गलबार पोसाक वितरण गरेका छन् ।

उत्तरी रसुवाको स्याफ्रु, बृद्धिम, थुमन, चिलिमे, गोल्जुङ र गतलाङ गाविसका ५४ जना महिला  स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रको सुधारका लागि साझेदारी कार्य गर्दै आएको सेभ द चिल्ड्रेन, मानेकोर सोसाइटी तथा रेडक्रस संस्थाले पोसाक तथा टर्च वितरण गरेको जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालले बताए ।

वितरित पोसाकमा तातोका लागि स्वेटरसमेत स्थानीय वेशभूषामा मिल्दो पोसाक रहेका छन् । उनीहरुलाई एक–एक सेट पोसाकका साथै औषधि राख्ने फस्ट एड बक्ससमेत वितरण भएको डा. विवेकले बताए ।

एक कार्यक्रमबीच प्रजिअ कृष्णप्रसाद अधिकारीमार्फत महिला स्वयम्सेविकालाई पोसाक वितरण गरिएको थियो । भूकम्पपछि स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुु¥याउँदै आएको मानेकोर र सेभ द चिल्डे«न संस्थाले गोल्जुङ स्वास्थ्य चौकी छिट्टै निर्माण गर्ने कार्यनीति तय भइसकेको मानेकोर सोसाइटीका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *