चितवनमा कस्तुरी फर्मास्युटिकल्स प्रालिद्धारा औषधी उत्पादन सुरु

चितवन, १९ मंसिर – औषधी क्षेत्रमा लामो अनुभव समालिसकेका युवाहरुद्वारा सञ्चालित कस्तुरी फर्मास्युटिकल्स प्रालिले औषधी उत्पाद गर्न सुरु गरेको छ ।
गुणस्तरीय औषधी उत्पादन गर्ने लक्ष्यक साथ स्थापना भएको यस कम्पनिले निकट भविष्यमै आफ्नो औषधी बजारमा ल्याउन लागेको छ ।
भरतपुर उपमहानगरपालि का–१७ ब्रमपुर चितवनमा रहेको सो कम्पनिले हाल विशेष प्रविधिका साथ औषधीको अनुसन्धान,विकास तथा उत्पादनको काम तीब्र रुपमा भैरहेको कम्पनिका सेल्स् डाइरेक्टर उद्धव बाबु त्रिपाठीले जानकारी दिए।
चितवनमा उत्पादित औषधी नेपाल भर मात्र नभईअन्तर्राष्ट्रि बजारमा पु¥याउने लक्ष्यको साथ अत्याधुनिक प्रविधि प्रयोग गरी कम्पनिले औषधी उत्पादन गर्न थालेको छ’ उनले भने । देशका हरेक कुनामा रहेका जनाताले औषधी नपाएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम ठाउँहरुमा समेत विशेष संयन्त्र प्रयोग गरी औषधी पु¥याइने उनले जानकारी दिए । ‘औषधी मानव स्वस्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको निकै सम्बेदनशील चिज हो त्यसकारण यसको गुणस्तरमा कतिपनि सम्झौता गरिदैन आफ्नो ध्यान गुणस्तरीय उत्पादन र मानव स्वास्थ्यसंग रहन्छ’ कम्पनीका अध्यक्ष प्रवेक खनालले भने ।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधी उत्पादन गरी सुपथ मूल्यमै छिटै नेपाली बजारमा ल्याउन लागिएको र भविष्यमाअन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने उद्देश्य सहित कम्पनी स्थापना गरिएको उनले जानकारी दिए ।
दक्ष जनशक्तिद्वारा सञ्चालित यस कम्पनिले औषधी क्षेत्रमा रहेको परनिर्भातालाई कम गरी यस क्षेत्रमा विशेष प्रविधि, नयाँ सोच, गुणस्तरीय उत्पादन , सुलभ मूल्य र सबैको पहुँच पु ¥याउने विशेष गुरुयोजनाको साथ अघि बढेको दाबी गरेको छ । कस्तुरी फर्मास्युटिकल्स प्रालि एलोपेथिक औषधी उत्पादन गर्ने कम्पनि हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




