मुटुरोगीको उपचारका लागि अर्थ सङ्कलन

paisa

म्याग्दी, १९ मङ्सिर –  मुटुरोगबाट बिरामी भएकी बेनी नगरपालिका–२ की सात वर्षीया अरनिमा नेपालीको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको छ ।

रत्नेचौरको ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा पढ्ने नेपालीको मुटुमा प्वाल परेको छ । अभिभावकको कमजोर आर्थिक अवस्थाका कारणले उनको उपचारमा समस्या भएपछि कोषले सहयोग जुटाउन पहल थालेको हो । उनको हाल काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ ।

मुटुको शल्यक्रिया गर्न रु चार लाख ५० हजार आवश्यक पर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गरेमा उनको उपचार सफल हुने चिकित्सकको भनाइ छ । छोरीको जीवन बचाइदिन बुबा बुढे दमार्इं र आमा निशा नेपालीले अपिल गरेका छन् ।

विपन्न समुदायका उनीहरु ज्याला मजदुरी र खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका छन् । सहयोग जुटाउन शान्ति कोषले शुक्रबार उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

नेपालीको उपचारका लागि कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र बेनपा–१ रत्नेचौरका निराजन थापाले रु पाँच–पाँच हजार तथा उपाध्यक्ष गौतम र विद्यार्थी नेता पौडेलले रु दुई–दुई हजार सहयोग गरेका छन् ।

दुई वर्षअघि स्थापित ओमकुमारी शान्ति कोषले हालसम्म २५ जनालाई उपचारका लागि आर्थिक सहयोग जुटाउन समन्वय गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *