डा. गोविन्द केसीको अनसन केही बेरमा तोडिने

काठमाडौँ, १८ मंसिर – त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको अनसन केही बेरमा तोडिने बताइएको छ । सहमति पत्र तयार गरी अवको केही बेरमा शिक्षामन्त्रालयमा रहेको बार्ता टोली त्रिवि शिक्षण अस्पतालमा जाने छ । त्यस लगत्तै जुस पिलाएर अनसन तोडाउने कार्यक्रम रहेको छ ।
सरकारी बार्ताटोलीका सदस्य डा सेनेन्द्रराज उप्रेतीले १ घण्टा भित्रमा त्रिवि शिक्षण अस्पताल जाने बताए । ‘छिटोमा १५ मिनेट ढिलोमा १ घण्टा भित्र हामी शिक्षण अस्पताल जाँदैछौँ ‘ डा उप्रेतीले भने । ‘त्यसपछि अनसन तोडिनेछ ।’
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



