डा. गोविन्द केसीको अनसन केही बेरमा तोडिने

gobinda

काठमाडौँ, १८ मंसिर – त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको अनसन केही बेरमा तोडिने बताइएको छ । सहमति पत्र तयार गरी अवको केही बेरमा शिक्षामन्त्रालयमा रहेको बार्ता टोली त्रिवि शिक्षण अस्पतालमा जाने छ । त्यस लगत्तै जुस पिलाएर अनसन तोडाउने कार्यक्रम रहेको छ ।
सरकारी बार्ताटोलीका सदस्य डा सेनेन्द्रराज उप्रेतीले १ घण्टा भित्रमा त्रिवि शिक्षण अस्पताल जाने बताए । ‘छिटोमा १५ मिनेट ढिलोमा १ घण्टा भित्र हामी शिक्षण अस्पताल जाँदैछौँ ‘ डा उप्रेतीले भने । ‘त्यसपछि अनसन तोडिनेछ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *