एचआइभी न्यूनीकरणमा सहयोग गर्न आग्रह

hiv

रसुवा, १६ मंसिर – एचआइभी जोखिम रोकथाम गर्न र व्यवस्थापनमा सहयोग गर्न जिल्लावासीसमक्ष आग्रह गरिएको छ ।

‘हामी सबैको काम एचआइभीको रोकथाम’ भन्ने मूलनारालाई सार्थक पार्दै रोग व्यवस्थापनका लागि समयसमयमा रगत परीक्षण गराउने, रोगको लक्षण हो कि भन्ने आशङ्का लागेमा नजिकको स्वास्थ्य केन्द्र वा जिल्ला अस्पतालमा सम्पर्क राख्ने वा राख्न लगाउने कार्यमा सहयोग गरी जोखिम न्यूनीकरणमा सहयोग गर्न एक अन्तर्कृया कार्यक्रममा सम्पूर्ण रसुुवाली नागरिकसमक्ष आग्रह गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले बुधबार पत्रकारसँगको अन्तरक्रियामा डा. विवेककुमार लालले सन् २०२० सम्म एचआइभी सङ्क्रमितमध्ये ९० प्रतिशतको अवस्था परीक्षण गरी सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने महत्वाकाङ्क्षी लक्ष्य रहेकाले सहयोग गर्न सबैमाझ आग्रह गरिएको बताए ।

यस्तै, प्रथम चौमासिकअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय रसुवाले परिवार नियोजनको सेवाको लक्ष्य ८६ प्रतिशत पूरा गरेको छ । सो चौमासिकअन्तर्गत पुरुष २७ र महिला १६ लाई बन्ध्याकरण, १० महिलालाई इम्प्लान्ट, १५ लाई आइयुसिडी, तीनलाई डिपो तथा एकजनालाई पिल्स वितरण गरिएको डा लालले बताउनुभयो । कन्डम प्रयोग गर्नेको सङ्ख्या २० हजारको हाराहारीमा रहेको पनि कार्यक्रममा बताइयो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *