सरकार र डा. केसी पक्षबीचको आजको बार्ता विना निस्कर्ष टुंगियो

moe

काठमाडौँ, १५ मंसिर – त्रिवि उपकुलपति प्राडा तीर्थ खनिया र डीन प्राडा केपी सिंहलाई बर्खास्त गर्नुपर्ने विषयमा कुरा नमिले पछि सरकार र डा गोविन्द केसी समर्थकबीचको आजको बार्ता विना निस्कर्ष टुंगिएको छ ।

शिक्षामन्त्रालयमा आज अपरान्हबाट चलेको बार्तामा केसीका पक्षबाट सहभागीहरुले आफूहरुको बटमलाइन बर्खास्ती भएको कुरा दोहोरयाएका थिए । सोही बिषयमा कुरा नमिलेपछि आजको बार्ता स्थगित भएको हो ।

‘हामी हिजोकै अवस्थामा छौँ नयाँ खासै केही भएको छैन्’ स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले भने ।

उता आइओएमका डीन प्राडा केपी सिंहले आफूले कुनै हालतमा राजिनामा नदिने र आफूलाई बर्खास्त गर्न पनि नमिल्ने बताएका छन् । नेपाली हेल्थसंग आज दिउसो कुरा गर्दै सिंहले बर्खास्त गरे अदालतमा गएर पुर्नबहाली हुने अवस्था आफूसंग रहेको बताएका छन् ।

यता बार्तामा सहमति नहुँदा १८ दिन देखि आमरण अनसन बसेका प्राडा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *