स्वास्थ्य पर्यटनको विकास गर्न नेपालको हेल्थकेयर र भारतको मेन्टोरबीच सहकार्य

health-care

काठमाडौँ १५ मंसिर – उपचारका लागि नेपाल आउने र विदेश जानु पर्ने अवस्थाका विरामीको उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल हेल्थकेयर सलुसन र भारतको मेन्टोर इथिकेयरबीच सहकार्य भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच भारतबाट नेपाल आउने विरामीको उपचारमा हेल्थकेयरले र नेपालबाट भारत जाने विरामीलाई मेन्टोरले सहजीकरण गर्ने गरि दुबै संस्थाबीच समझदारी भएको हो ।

आँखा उपचार, कुष्ठरोग, मिर्गौला, स्त्रीतथा प्रसूति सेवा र क्यान्सर रोगको उपचारका लागि भारतीय नागरीहरु नेपाल आउने गरेका छन् । नेपालका विभिन्न आँखा अस्पतालमा उपचार हुने विरामीको ३० प्रतिसत भन्दा बढी भारतीय हुने गरेको भन्दै सेवा सहजताका लागी दुई पक्षविच सहकार्य गर्ने निर्णय भएको कार्यक्रममा बताइएको छ ।त्यसैगरी कलेजो, नसा, क्यान्सर सहितका रोगको उपचारका लागि ठूलो संख्यामा नेपालीहरु भारत जाने गरेका छन् ।

नेपालमा स्वास्थ्य पर्यटनको विकास गर्न र उपचारका लागि नेपाल आउने तथा भारत जाने विरामीले कठिनाई भोग्नु नपरोस भन्ने उद्देश्यले भारतको मेन्टोरसँंग सहकार्य गरि कार्यप्रारम्भ गरेको हेल्थकेयर सलुसनका प्रवन्धनिर्देशक रेमन्तप्रसाद भट्टले बताए ।

हेल्थकेयरले स्तरीय उपचार प्रदानगर्ने नेपाल र भारतका अधिकांश अस्पतालहरु सँंग सहकार्य गरि विरामीको चाहना, सुविधा र आर्थिक अवस्था हेरि उपयुक्त अस्पतालमा उपचार गराउन सहयोगीको कामगर्ने र यसबाट कुनै विरामीले पनि ठगिनु पर्ने अवस्थाको अन्त्यहुने भट्टले दाबी गरे ।

उता भारतको पारस हस्पिटलका बरिष्ठ न्यरोलोजिष्ट डा. अमित सिवास्तवले नेपाल र भारत दुबै देशमा स्वास्थ्य पर्यटनको उत्तिकै संभावना भएको बताए । उनले साथ साथ रहेर अगाडि बढ्न सकिए विरामीले सस्तो शुल्कमा स्तरीय उपचार पाउन सक्ने धारणा राखे । भारतका अस्पतालमा भइरहेका आधुनिक उपचार पद्घतिका बिषयमा नेपालका विरामीलाई र नेपालमा भइरहेका स्तरीय उपचारका

बिषयमा भारतीय विरामीलाई सहीजानकारी दिन सकिए यसबाट दुबै देशका जनताले लाभलिन सक्ने उनले सुझावदिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *