उपकुलपति र डीनको बर्खास्ती गर्नुपर्ने मागमा सरकार असहमत भएपछि आजको बार्ता स्थगित

moe

काठमाडौँ, १४ मंसिर – त्रिवि उपकुलपति प्राडा तिर्थ खनिया र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन डा केपी सिंहलाई बर्खास्त गर्नुपर्ने विषयमा सरकार र डा गोविन्द केसी पक्षबीच सहमति नभएपछि आज तेस्रो दिनको बार्ता पनि विना निस्कर्ष टुंगिएको छ ।

दिउसो तीन बजेबाट सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको तीन घण्टा लामो बार्तामा डा केसीका पक्षबाट सहभागीहरुले उपकुलपति र डीनको राजिनामा बार्ताको बटम लाइन भएको दोहोरयाएका थिए । तर सरकारी पक्षले सो मागलाई ठाडै अस्विकार गरेका थिए ।

स्रोतका अनुसार सरकारी पक्षले डा रमेशकान्त अधिकारीको संयोजकत्वमा गठित समिति बनाइएको, शुल्कको विषयमा सरकारले बोलिसकेको अवस्था र अन्य मागहरु पुरा हुने अवस्थामा बर्खास्तीको मागलाई अघि नसार्न आग्रह गरेको थियो । तर केसी पक्षले त्यो बाहेक अरुमा मान्य नहुने बताएको थियो ।

बार्तामा सहभागी स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले बार्ता हिजोकै अवस्थामा रहेको बताए । उनले भोली फेरी बार्ता बस्ने गरी टुंगिएको जानकारी दिए ।

उता केसीका तर्फबाट सहभागी डा जीवन क्षेत्रीले पनि बार्ता उपलव्धीतर्फ अघि नबढेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *