जापानद्वारा चारवटा एम्बुलेन्स हस्तान्तरण

ambulance2

काठमाडौँ, १ मंसिर – जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सन्जीव थापालाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गरे ।

कार्यक्रममा जापानी राजदूतमा ओगावाले नेपालका ग्रामीण समुदायका मानिसलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सहयोगस्वरुप एम्बुलेन्सहरु प्रदान गरिएको बताए ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सन्जीव थापा र महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रससँग तीन दशकदेखि खानेपानी, सरसफाइलगायतका मानवीय सेवामा सहयोग गर्दै आएकामा जापान सरकार, जापानी रेडक्रस र त्यहाँका जनताप्रति आभार व्यक्त गरे ।

नेपाल रेडक्रसका गुल्मी, प्यूठान, मोरङ् र उदयपुर जिल्लाका रेडक्रस प्रतिनिधिलाई ती एम्बुलेन्सहरु आजै हस्तान्तरण गरियो । ती एम्बुलेन्सहरुको लागत करिब रु ७४ लाख रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटीले हाल देशका ६७ जिल्लाका २०५ स्थानबाट एम्बुलेन्स सेवा दिँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *