क्षयरोग निवारण संस्था भक्तपुरमा नयाँ नेतृत्व

भक्तपुर, १ मंसिर –  नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको दशौँ अधिवेशनले मंगलबार राम सिख्वाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

विगत ३७ वर्षदेखि क्षयरोग उन्मूलनको उद्देश्यले कार्यरत संस्थाको अधिवेशनले कृष्णदेव श्रेष्ठ, सुमन श्रेष्ठ, गायत्री श्रेष्ठ, विष्णुप्रसाद न्हिसुतु, लक्ष्मण सुजखु, राजेश्वरी शिल्पकार, रत्नलाल साँद, विजय कर्माचार्य, बालकृष्ण श्रेष्ठ र शर्मिला शिल्पकारलाई कार्यसमितिमा चयन गरेको छ ।

चयन भएका सदस्यमध्येबाटै संस्थाको पहिलो बैठकले पदाधिकारी चयन गर्दै कार्य विभाजन गर्ने सिख्वाले बताए। कार्यसमितिमा एक जना चिकित्सक, संस्थागततर्फ जनस्वास्थ्य कार्यालयबाट एकजना तथा जिल्ला विकास समितिबाट एक जना र अन्य गरी ७ सदस्यलाई मनोनीत गरिने भएको हो ।

विसं २०३६ मा स्थापित क्षयरोग निवारण संस्थाले स्वास्थ्यसम्बन्धि जनचेतना जगाउने खालका कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर, गोष्ठी, अन्तक्र्रिया तथा विभिन्न संस्थासँग साझेदारी कार्यक्रम गर्दै आएको छ । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *