बिश्व मधुमेह दिवसको अवसर पारेर अल्काले ल्यायो विशेष प्याकेज
ललितपुर २९ कात्तिक – विश्व मधुमेह दिवसका अवसर पारेर अल्का अस्पताल र काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले (सोमवार) आजदेखी बिरामी सहुलिय बिशेष कार्यक्रमको शुभारम्भ गरेको छ ।
अस्पतालको समन्वयमा अल्का परिसरमा रहेको डाइविटिज एण्ड थाइराइड सेन्टरले बिशेष छुटसहितको सहुलिय दर प्याकेज लागू गरेको हो । सेन्टरले आम सर्वसाधारणका लागि आजदेखी तीन दिनसम्म निशुल्क रुपमा ब्लड सुगरको परीक्षणको व्यवस्था राखेको अध्यक्ष कुमार थापाले बताए ।
अल्का परिसरमा रहेको सेन्टरमा मधुमेहको अवस्था थाह नभएका हरेक व्यक्तिले गएर निशुल्क रुपमा ब्लड सुगरको परीक्षण गर्न पाउनेछन् ।
सोमवार पहिलो दिन करिव २ सय ५० जनाले ब्लड सुगरको निशुल्क परीक्षण गरेको प्रालिका निर्देशक एवं मधुमेह तथा थाइराइड रोग बिशेषज्ञ डा. अंशुमाली जोशीले बताए ।
यसैबीच प्रालिले दिवसमा अवसरमा राजधानीमा सोमवार बिहान झाकीसहितको ¥यालीको आयोजना ग¥यो । मधुमेहसम्बन्धी विभिन्न जनचेतान फैलाउने उद्देश्यले काठमाण्डौको भद्रकालीबाट शुरु भएको ¥यालीले टुडिखेल परिक्रमा गरेको थियो ।
प्रालिले मधुमेहसम्बन्धी सचेतना फैलाउन अस्पताल परिसरमा आजै बिशेष परामर्श कार्यक्रम समेत संचालन गरेको थियो ।